युक्रेनमा भएको विष्फोटमा बालबालिकासहित ९ को मृत्यु « Khabarhub

युक्रेनमा भएको विष्फोटमा बालबालिकासहित ९ को मृत्यु


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा भएको विष्फोटमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

राजधानी किभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा हवाई आक्रमण भएको जनाइएको छ ।

युक्रेनको उद्धार सेवाले उक्त कारवाहीमा दुई जना बालबालिका समेत ९ जनाको मृत्यु भएको जनाएको हो ।

‘शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको’ युक्रेनी उद्धार सेवाको आरोप छ ।

रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटामा परेको छ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता रुसी फौजले जानाजान सार्वजनिक एवम् आवासीय क्षेत्रहरूलाई लक्षित गरी पटक पटक हमला गर्ने गरेको युक्रेनी पक्षले आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ३ : २५ बजे

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि