महिलाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा « Khabarhub

महिलाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाको हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँमा मंगलबार सरकारले गरेको समारोहमा प्रधानमन्त्री देउवाले महिलाको विषय सबैको साझा भएको भन्दै संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसाविरुद्ध अभियानकै रूपमा जुट्न सबैलाई आग्रह गरे ।

देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैंङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।

समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजमा विद्यमान पितृसतात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु चुनौतीको विषय भएको बताइन् ।

महिला हिंसा र असमानतालाई पूर्ण रूपमा निर्मूल नपारेसम्म देश र समाजको आर्थिक सामाजिक विकास नहुने उहाको भनाइ छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्षको महिला दिवस मनाइएको हो । सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ४ : ३४ बजे

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि