त्रिविका पदाधिकारीको मार्गप्रशस्तका लागि आग्रह « Khabarhub

त्रिविका पदाधिकारीको मार्गप्रशस्तका लागि आग्रह


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकीकृत प्राध्यापक संगठन नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले विश्वविधालयका वर्तमान पदाधिकारीलाई उपयुक्त मार्गप्रशस्तका लागि आग्रह गरेका छन्। प्राध्यापक संगठनहरुले वर्तमान पदाधिकारीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो। पछिल्लो दुई महिनादेखि त्रिवी उपकुलपति कार्यालयमा ताला झुण्डीएको छ।

एकीकृत प्राध्यापक संगठन नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ विश्वविद्यालय इतिहासकै अति जटिल मोडमा छ र राजनीतिकरणलाई अझ तीव्र पारी सीमित राजनीतिक विचारधारा र अमूक पार्टी बाहेकको काम नहुने संस्थाका रूपमा त्रिवि पुगेको छ। जेष्ठता र प्राज्ञिक विशिष्टताका आधारमा नियुक्ति र चयन हुनुपर्ने कुरालाई लत्याएर आफूखुसी नियम बनाई आफ्ना भनिएका मानिसलाई मात्र सेवा र सुविधा तथा नियुक्ति दिने तथा पारदर्शी छनोट र मनोनयनलाई लत्याउने विद्यार्थी शिक्षक र कर्मचारीसमेतका जायज मागलाईसमेत उपेक्षा गरी आफू समर्थित विद्यार्थी र प्राध्यापकलाई प्रतिकारमा सामेल गराउने जस्ता कार्य गरी त्रिवीलाई द्वन्द्धको थलो बनाउन उद्दत हुने कार्य वर्तमान पदाधिकारीबाट भएको छ।’

विज्ञप्तीमा भनिएको छ, ‘आफू निश्चित राजनीतिक पार्टी र गुटस्वार्थमा लिप्त हुने तर अरूलाई लाञ्छना लगाई आफू पानीमाथिको ओभानो हुने प्रवृत्ति बौद्धिक क्षेत्रमा अति अशोभनीय हुने हुँदा त्यस्ता कार्य गरेर त्रिभुवन विश्वविद्यालयको वातावरण नधुमिल्याउन र स्वच्छ शैक्षिक र प्राज्ञिक वातावरण निर्माण गर्नका लागि हामी वर्तमान पदाधिकारीलाई हार्दिक आग्रह गर्दछौं।‘

‘शैक्षिक क्यालेन्डर लागु गर्ने काम गर्न नसक्नु, पाठ्यक्रमलाई वर्तमानको आवश्यकताका आधारमा समयसापेक्ष रूपमा परिमार्जन र परिवर्तन गर्न नसक्न, शिक्षकको पेसागत विकासका लागि तालिम र अभिमुखीकरणका काम ठप्प जस्तै हुन, प्राध्यापक र कर्मचारीसँग गरिएका सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै त्यसमा उदासीन हुनु, त्रिवि सभाले गरेका निर्णयको कार्यान्वयन नगर्न र तालाबन्दीका कारण ठप्प भएको विश्वविद्यालयलाई सुचारु गर्ने दिशामा कुनै पहल नगरी पुराना कामलाई नै हाम्रा काम भन्दै वक्तवयबाजी गर्नु जस्ता कुरा अहिलेका त्रिविका ज्वलन्त विषय हुन्। यी र यस्ता गतिविधिका कारण अहिलेका पदाधिकारी त्रिविको विकासमा भन्दा अरू कसैको सेवामा लागेको कुरा सहज अनुमान गर्न सकिन्छ।’ विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : १० बजे

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको