युक्रेनमा शरणार्थीको सङ्ख्या बीस लाख पुग्यो « Khabarhub

युक्रेनमा शरणार्थीको सङ्ख्या बीस लाख पुग्यो


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी युद्धबाट शरणार्थी बन्नेको संख्या बीस लाख पुगेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयका प्रमुख फिलिपो ग्राण्डीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघले युक्रेनमाथि रुसी आक्रमणबाट उत्पन्न मानवीय संकटलाई युरोपमा दोश्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब शरणार्थी संकटको रुपमा व्याख्या गरेको छ ।

युक्रेनमा शरणार्थी बनाइएकामध्ये आधा पोल्याण्ड पुगेको युरो न्युजले जनाएको छ । अरु १ लाख रुस र ४५० जनाजति बेलारुस पुगेको जनाइएको छ ।

युक्रेनमा १३ दिन यता रुसी आक्रमण जारी छ । रुसले आक्रमण गरेको शुरुको एक सातामा १० लाख शरणार्थी युक्रेनबाट बाहिरिएका थिए । युद्ध जारी रहेकाले शरणार्थीहरुको सङ्ख्या अझ बढ्ने युएनएचसीआरको चिन्ता छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : ०३ बजे

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको