युक्रेनमा शरणार्थीको सङ्ख्या बीस लाख पुग्यो « Khabarhub

युक्रेनमा शरणार्थीको सङ्ख्या बीस लाख पुग्यो


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी युद्धबाट शरणार्थी बन्नेको संख्या बीस लाख पुगेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयका प्रमुख फिलिपो ग्राण्डीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघले युक्रेनमाथि रुसी आक्रमणबाट उत्पन्न मानवीय संकटलाई युरोपमा दोश्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब शरणार्थी संकटको रुपमा व्याख्या गरेको छ ।

युक्रेनमा शरणार्थी बनाइएकामध्ये आधा पोल्याण्ड पुगेको युरो न्युजले जनाएको छ । अरु १ लाख रुस र ४५० जनाजति बेलारुस पुगेको जनाइएको छ ।

युक्रेनमा १३ दिन यता रुसी आक्रमण जारी छ । रुसले आक्रमण गरेको शुरुको एक सातामा १० लाख शरणार्थी युक्रेनबाट बाहिरिएका थिए । युद्ध जारी रहेकाले शरणार्थीहरुको सङ्ख्या अझ बढ्ने युएनएचसीआरको चिन्ता छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : ०३ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६