खोटाङमा गाई गोरुको अवैध ओसार पसार « Khabarhub

खोटाङमा गाई गोरुको अवैध ओसार पसार


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङबाट अवैधरुपमा गाई गोरुको निर्यात भइरहेको पाइएको छ । जिल्लाबाट दैनिकजसो गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग हुँदै गाई गोरु तराईतर्फ बाहिरिरहेको छ ।

हाल उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारबाट मात्र हप्तामा सयौंको हाराहारीमा गाईगोरु तारेर अन्यत्र लैजाने गरिएको प्रत्यक्षदर्शी बताउँछन् । सुनकोसीकै बंशिलाघाट र धाप्लाङघाटस्थित झोलुंगे पुलबाट पनि उत्तिकै मात्रामा गाईगोरु बिना रोकतोक निर्यात हुने गरेको छ । तर यस बारे प्रहरी र स्थानीय प्रशासन बेखबर देखिएका छन् ।

२२ फागुनमा मात्र गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत साउनेदेखि राजापानीको बीचमा खरिदारले चार हल  गाई गोरु निकासी गरिरहेको भेटिएको थियो ।

हरेक वर्षको पुस र माघमा हप्ताको शनिबार, आइतबार र सोमबार कम्तीमा पाँच देखि १० बथान गाई गोरु सुनकोसी तार्ने गरिएको लिच्कीराम्चे रसुवा घाटका स्थानीय बिकास राई बताउँछन् । फागुन लागेपछि केही कम मात्रामा गाई गोरु निर्यात हुने गरेको छ । गाई गोरुको बथानले सडकमा ट्राफिक जाम नै गर्नेगरेका छन् । खोटाङ, उदयपुर, सुनसरी, मोरङ र झापा ओहोर–दोहोर गर्ने सवारी साधनले गाई गोरुलाई साइड दिने गरेका छन् ।

जिल्लामा बहरदेखि बुढो हुँदै गरेको गोरु र गाई समेत किनबेच हुने गरेको छ । घर घरमा पुग्ने खरिदकर्ताले गाई गोरु किनेर अन्यत्र लगेर नाफा लिएर निर्यात गर्ने गरेका छन् । गाउँघरमा किनेबेच हुने गाई गोरु मासुको प्रयोजनका लागि तराई हुँदै भारतमा निकासी हुने गरेको बताइन्छ ।

 जिल्लामा गोरु काट्नमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै कारबाही चलाउने गरेको छ तर खुलेआम गाई वस्तु बिक्री गर्ने खरिदले भने उन्मुक्ती पाइरहेको आदिवासी जनजाती सम्वद्ध अगुवा गुनासो गर्छन्। राई, तामाङ, शेर्पालगायतका जनजाती समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ। तर मुलुकी अपराध संहितामा गोरु काट्नेलाई सजाय हुने कानूनी व्यवस्था छ ।

मुलुकी अपराध संहिताको परिच्छेद २७ मा कसैले गाई वा गोरु मार्ने वा चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउन नहुने सो गरे वापत कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने भनिएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : १४ बजे

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको