मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा ४ करोड विनियोजन « Khabarhub

मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा ४ करोड विनियोजन


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश सरकारले ४ करोड रकम विनियोजन गरेको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेकोे हो । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले तत्काल ४ करोड रकम स्वीकृत गरेको जनाइएको छ ।

बाँकी ७ करोड रकम पनि यही आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा समेत आउने बाग्मती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले जनाए ।

सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेशसभा सदस्य युवराज दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो ।

बाडि पीडितहरूको मुहारमा खुसी झल्काउने गरी मेलम्ची इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुदेखि ढाँडखोलासम्म ३१ वटा योजनाका लागि ४ करोड विनियोजन भएकोमा बाढी प्रभावितसमेत रहेका नेकपा माओवादी जिल्ला कमिटी सदस्य सीपी दुलालले बताए ।

मन्त्रालयले रकम विनियोजन गरेपछि अब मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीले पु¥याएको प्रभावित क्षेत्रको संरक्षण हुने भएपछि वाढी प्रभावित खुसी भएका छन् ।

प्रदेश सरकार संचालन संयोजक, पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्यसमेत रहेका दुलालले मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलसँग छलफल गर्दै यहाँको अस्थायी संरक्षण र दीर्घकालीन योजनाबारे छलफल गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : १७ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया