मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा ४ करोड विनियोजन « Khabarhub

मेलम्ची र हेलम्बु बाढी प्रभावित क्षेत्रमा ४ करोड विनियोजन


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश सरकारले ४ करोड रकम विनियोजन गरेको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेकोे हो । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले तत्काल ४ करोड रकम स्वीकृत गरेको जनाइएको छ ।

बाँकी ७ करोड रकम पनि यही आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा समेत आउने बाग्मती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले जनाए ।

सिन्धुपाल्चोकबाट निर्वाचित प्रदेशसभा सदस्य युवराज दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो ।

बाडि पीडितहरूको मुहारमा खुसी झल्काउने गरी मेलम्ची इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुदेखि ढाँडखोलासम्म ३१ वटा योजनाका लागि ४ करोड विनियोजन भएकोमा बाढी प्रभावितसमेत रहेका नेकपा माओवादी जिल्ला कमिटी सदस्य सीपी दुलालले बताए ।

मन्त्रालयले रकम विनियोजन गरेपछि अब मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीले पु¥याएको प्रभावित क्षेत्रको संरक्षण हुने भएपछि वाढी प्रभावित खुसी भएका छन् ।

प्रदेश सरकार संचालन संयोजक, पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्यसमेत रहेका दुलालले मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलसँग छलफल गर्दै यहाँको अस्थायी संरक्षण र दीर्घकालीन योजनाबारे छलफल गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : १७ बजे

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)