युक्रेनी राष्ट्रपतिको सन्देश– ‘म लुकेको छैन र कसैसँग डराउनेवाला पनि छैन’ « Khabarhub

युक्रेनी राष्ट्रपतिको सन्देश– ‘म लुकेको छैन र कसैसँग डराउनेवाला पनि छैन’


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू लुकेर नबसेको टिप्पणी गरेका छन् ।

युक्रेनी राष्ट्रपतिको कार्यालयबाट भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले आफू राजधानी किभमै रहेको बताए ।

‘अब म एउटा कुरा भन्न चाहन्छु– म यहीँ छु, म किभमै छु । बान्कोभा सडकमा । म लुकिरहेको छैन । र म कसैसँग डराउनेवाला पनि छैन । हाम्रो देशप्रेमी युद्धका लागि जे चाहिन्छ, म गर्न तयार छु ।’ उनले जारी गरेको भिडियो सन्देशमा जनाइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आफ्नो मुलुकमाथि आक्रमण गरेयता जेलेन्स्कीले आफू रुसी फौजको प्रमुख निशाना रहेको बताउँदै आएका छन् ।

गत साता युक्रेनी अधिकारीहरुले जेलेन्स्कीविरुद्ध भएको हत्या प्रयास असफल पारिएको जनाएका थिए ।

यद्यपि त्यसयता उनको ज्यानविरुद्ध रुसी षड्यन्त्रहरु अझै जारी रहेको युक्रेनी सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : ५५ बजे

गहुँको मूल्यमा गिरावट, समर्थन मूल्य तोक्न किसानको आग्रह

कैलाली– कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्

तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता, आपसी सहयोग विस्तार गर्ने सहमति

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

बुटवल– लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स