रुसविरुद्धको मतदानमा भारत अनुपस्थित « Khabarhub

रुसविरुद्धको मतदानमा भारत अनुपस्थित


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी रुसी आक्रमणको निन्दा गर्न बसेको अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आइएइएको बैठकमा मतदानका क्रममा भारत अनुपस्थित भएको छ । रुसले राजनीतिक दुराशयपूर्ण एवम् झूटको बलमा ल्याइएको भन्दै नयाँ प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

रुससँगै चीनले पनि उक्त प्रस्तावको विपक्षमा मतदान गरेको छ ।

क्यानाडा र पोल्यान्डले युक्रेनको तर्फबाट भन्दै आइएइएको ३५ राष्ट्र सम्मिलित बैठकमा प्रस्ताव ल्याएका थिए । उक्त बैठकमा २६ मुलुकहरूले युक्रेनको पक्षमा मतदान गरेका थिए भने भारत, पाकिस्तान, दक्षिण अफ्रिका, सेनेगल र भियतनाम, मेक्सिको र बुरुन्डी मतदानमा अनुपस्थित भएका थिए ।

रुसलाई ‘चेर्नोबिलसहित सबै युक्रेनी आणविक केन्द्रहरुमा जारी आक्रमण रोक्न’ आह्वान गरिएको थियो ।

रुस र भारतबीच आणविक उर्जाका क्षेत्रमा लामो समयदेखि सहकार्य रहँदै आएको छ । भारतको एकमात्र विदेशी सहयोगमा निर्मित आणविक केन्द्र रुसको आणविक एजेन्सी रोसएटमको सहयोगमा निर्माण गरेको हो ।

भारतले बंगलादेशमा पनि रुसी सहयोगमा आणविक केन्द्र निर्माण गर्न पहल गर्दै आएको छ ।
 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : २० बजे

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी