पुरुषवादी सोचका कारण महिला पछाडि परे: आरजु राणा « Khabarhub

पुरुषवादी सोचका कारण महिला पछाडि परे: आरजु राणा


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पुरुषवादी सोच कायम रहेकाले महिलाहरू अगाडि बढ्न नपाएको बताएकी छन् ।

मंगलबार काठमाडौँमा ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको कार्यक्रममा नेतृ राणाले महिलाहरू सक्षम हुँदासमेत केही गर्न नसक्ने मानसिकता कायमै रहेकाले अगाडि बढ्न नसकेको बताएकी हुन् ।

उनले २१ औँ शताब्दी पनि नेपाली समाज पुरुष प्रधान रहेको पनि टिप्प्णी गरिन् ।

यद्यपि, संविधानले महिलालाई हरेक निकायमा ३३ प्रतिशत सुनिश्चित गरेपछि केही हदसम्म प्रतिनिधित्व पाइरहेको पनि उनले बताइन् ।

राणाले पुरुष प्रधान समाजभन्दा माथि उठेर आफ्नो हकअधिकारका लागि राजनीतिलगायत क्षेत्रमा महिलाहरू आउनुपर्ने पनि बताइन् ।

महिलालाई राजनीतिमा सफल हुन कठिन रहेको चर्चा गर्दै उनले सामुनपातिकभन्दा पनि प्रतिस्पर्धात्मक रूपमा अगाडि आउनुपर्ने उनको सुझाव थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : २२ बजे

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)