एनएमबि बैंक र दराज प्रा.लि. बीच सम्झौता « Khabarhub

एनएमबि बैंक र दराज प्रा.लि. बीच सम्झौता


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले अनलाइन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

बैंकका ग्राहकले दराजद्वारा अनलाइनमार्फत सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्मछुट प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंक प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

बैंकको कार्ड प्रयोगकर्ताले चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा १,००० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा १,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्ने बताइएको छ ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३९ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : २१ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा