बाजुरामा टाइफाइडविरुद्धको खोप ४ वैशाखदेखि « Khabarhub

बाजुरामा टाइफाइडविरुद्धको खोप ४ वैशाखदेखि


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुरामा ४ वैशाखदेखि ८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको छ ।

देशभर आजदेखि १८ वैशाखसम्म खोप अभियान सञ्चालनमा आए पनि बाजुरामा ढिलो गरी अभियान सुरु हुने भएको हो ।

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दायकृष्ण पन्तका अनुसार खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको छ ।

बाजुरामा १५ महिनादेखि १५ वर्ष सम्मका ५९ हजार ३८ जना बालबालिकालाई खोप लगाउने तयारी भएको छ। नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।

खोप केन्द्र स्वास्थ्य संस्था र विद्यालयमा राखिने भएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयंसेवक परिचालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ११ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको