किसानलाई माछाका भुरा सहयोग « Khabarhub

किसानलाई माछाका भुरा सहयोग


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मर्स्याङदी गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग गरेको छ । गाउँपालिका पशु सेवा शाखाले माछापालन गर्ने ९ जना किसानलाई माछाको भुरा प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले किसानलाई माछाको भुरा हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक वर्ष ०७८/०७९ पशुसेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रमको मत्स्य मिसन कार्यक्रम अन्तर्गत माछाको भुरा प्रदान गरिएको हो ।

गाउँपालिकाको वडा- ४, ५, ६, ७ र ९ का माछापालक किसानलाई भुरा प्रदान गरिएको पशु सेवा शाखाका प्रमुख पवन श्रेष्ठले बताए । उनका अनुसार माछापालन गर्दै आएका किसानलाई व्यवसायमा थप सहज बनाउन निःशुल्क रुपमा भुरा प्रदान गरिएको हो । ९ जना किसानलाई गरी १५ हजार भुरा दिइएको छ । तनहुँको खहरेबाट ९५ हजार रुपियाँमा भुरा खरिद गरी ल्याएर किसानलाई दिएको गाउँपालिकाले जनाएको छ । माछाको भुरा कार्प जातको छ ।

कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रोही कार्प र नैनी कार्प माछा छन् । माछा करिव ९ महिना उमेरको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मत्स्य मिसन कार्यक्रम गाउँपालिकाले कार्यक्रमका लागि १९ लाख बजेट रहेको छ । अहिले भुरा प्रदान गरिएका किसानलाई यसअघि माछा पोखरी निर्माणका लागि ५० प्रतिशत अनुदान दिएको थियो । अहिले माछा पोखरी निर्माण भइसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : ११ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक