किसानलाई माछाका भुरा सहयोग « Khabarhub

किसानलाई माछाका भुरा सहयोग


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मर्स्याङदी गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग गरेको छ । गाउँपालिका पशु सेवा शाखाले माछापालन गर्ने ९ जना किसानलाई माछाको भुरा प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले किसानलाई माछाको भुरा हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक वर्ष ०७८/०७९ पशुसेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रमको मत्स्य मिसन कार्यक्रम अन्तर्गत माछाको भुरा प्रदान गरिएको हो ।

गाउँपालिकाको वडा- ४, ५, ६, ७ र ९ का माछापालक किसानलाई भुरा प्रदान गरिएको पशु सेवा शाखाका प्रमुख पवन श्रेष्ठले बताए । उनका अनुसार माछापालन गर्दै आएका किसानलाई व्यवसायमा थप सहज बनाउन निःशुल्क रुपमा भुरा प्रदान गरिएको हो । ९ जना किसानलाई गरी १५ हजार भुरा दिइएको छ । तनहुँको खहरेबाट ९५ हजार रुपियाँमा भुरा खरिद गरी ल्याएर किसानलाई दिएको गाउँपालिकाले जनाएको छ । माछाको भुरा कार्प जातको छ ।

कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रोही कार्प र नैनी कार्प माछा छन् । माछा करिव ९ महिना उमेरको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मत्स्य मिसन कार्यक्रम गाउँपालिकाले कार्यक्रमका लागि १९ लाख बजेट रहेको छ । अहिले भुरा प्रदान गरिएका किसानलाई यसअघि माछा पोखरी निर्माणका लागि ५० प्रतिशत अनुदान दिएको थियो । अहिले माछा पोखरी निर्माण भइसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : ११ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी