पाँच सय महिला र बालबालिकाको उद्धार « Khabarhub

पाँच सय महिला र बालबालिकाको उद्धार


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला र बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल प्रहरीसमेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । यो अवधिमा भारत तथा खाडी मुलुकबाट १० जनाको उद्धार गरिएको छ । एक वर्षको अवधिमा ५२६ जनाको खोजतलास तथा उद्धारको निवेदन परेकामा २१३ जना फेला परेका छन् । घरेलु हिंसाका १८ घटनामा परामर्श प्रदान गरिएको माइती नेपालका संयोजक कोइरालाले बताए।

माइती नेपालले उक्त नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार, भारतलगायतका देशमा यौन एवं श्रम शोषणमा परेका महिला तथा बालबालिकाको उद्धार, आवासीय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवासमेतका सेवा प्रदान गर्दै सीपमूलक तालिमसहित परिवार र समाजमा पुनःमिलनका कार्य गर्दै आइरहेको छ ।

स्थापनाको ३०औँ वार्षिकोत्सवसका अवसरमा माइती नेपालले नेपालगञ्जमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध विद्यालयस्तरीय अभिमुखीकरण, नेपाल–भारत सिमाना जमुनाहनाकालगायत विभिन्न स्थानमा सडक अन्तर्क्रियासहित जनचेतनामूलक पोष्टर, पम्प्लेट टाँस्नुका साथै सूचना एवं चेतनामूलक सन्देशहरू वितरण, प्रसारण गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : ५३ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक