लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन ललितपुर चेम्बरको माग « Khabarhub

लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन ललितपुर चेम्बरको माग


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर चेम्बर अफ कमर्स ललितपुरले लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन संघीय तथा स्थानीय सरकारसँग माग राखेको छ ।

ललितपुर चेम्बरको दोस्रो साधारण सभामा शुक्रबार अध्यक्ष पुष्परत्न शाक्यले आठबुँदे माग राख्दै कोरोना प्रभावित उद्यमीलाई निकासीजन्य हस्तकला लगायत सर सामानमा प्रोत्साहन अनुदान दिन ललितपुरका व्यवसायीहरूको सर्टिफिकेट अफ ओरिजिन सिफारिस ललितपुर चेम्बरबाट गर्ने व्यवस्था मिलाउन, निर्यात वस्तुमा जिएसए लागू गर्न, महानगरपालिकाको स्वामित्वमा रहेको पसल कवल तीनवटा चेम्बरको हस्तकला प्रदर्शनीका लागि उपलब्ध गराउन, चेम्बरको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने लगायतका माग राखेका हुन् ।

ऊर्जामन्त्री पम्फा भुसालले संघीय सरकारले सकेको सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘ललितपुर महानगरले पनि उद्योगी व्यवसायीहरूलाई आवश्यक सहयोग गर्न सक्ने हुँदा समन्वय गरेर काम गर्नु होला ।’

ऊर्जामन्त्री भुसालले व्यवसायीहरू राजनीतिक दल जस्तो झगडा नगरी मिलेर अघि बढ्नुपर्ने बताइन् । उद्यमी व्यवसायीको काँधमा देशको अर्थतन्त्रलाई कायापलट बनाउने जिम्मेवारी रहेकाले मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

ललितपुर महानगरकी उपमेयर गीता सत्यालले व्यवसायीहरूले उत्पादन गरेका वस्तुहरुको बिक्री तथा प्रवर्द्धनका लागि बिक्री कक्ष निर्माण गरी उपलब्ध गराउने निर्णय भइसकेको बताइन् ।

उक्त कार्यक्रममा फोटोपत्रकार अशोक दुलाल र पत्रकार शरद ओझालाई पत्रकारितामा उत्कृष्ट योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : १० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा