लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन ललितपुर चेम्बरको माग « Khabarhub

लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन ललितपुर चेम्बरको माग


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर चेम्बर अफ कमर्स ललितपुरले लुभुमा कपडा र बुङमतीमा हस्तकला ग्राम बनाउन संघीय तथा स्थानीय सरकारसँग माग राखेको छ ।

ललितपुर चेम्बरको दोस्रो साधारण सभामा शुक्रबार अध्यक्ष पुष्परत्न शाक्यले आठबुँदे माग राख्दै कोरोना प्रभावित उद्यमीलाई निकासीजन्य हस्तकला लगायत सर सामानमा प्रोत्साहन अनुदान दिन ललितपुरका व्यवसायीहरूको सर्टिफिकेट अफ ओरिजिन सिफारिस ललितपुर चेम्बरबाट गर्ने व्यवस्था मिलाउन, निर्यात वस्तुमा जिएसए लागू गर्न, महानगरपालिकाको स्वामित्वमा रहेको पसल कवल तीनवटा चेम्बरको हस्तकला प्रदर्शनीका लागि उपलब्ध गराउन, चेम्बरको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने लगायतका माग राखेका हुन् ।

ऊर्जामन्त्री पम्फा भुसालले संघीय सरकारले सकेको सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘ललितपुर महानगरले पनि उद्योगी व्यवसायीहरूलाई आवश्यक सहयोग गर्न सक्ने हुँदा समन्वय गरेर काम गर्नु होला ।’

ऊर्जामन्त्री भुसालले व्यवसायीहरू राजनीतिक दल जस्तो झगडा नगरी मिलेर अघि बढ्नुपर्ने बताइन् । उद्यमी व्यवसायीको काँधमा देशको अर्थतन्त्रलाई कायापलट बनाउने जिम्मेवारी रहेकाले मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

ललितपुर महानगरकी उपमेयर गीता सत्यालले व्यवसायीहरूले उत्पादन गरेका वस्तुहरुको बिक्री तथा प्रवर्द्धनका लागि बिक्री कक्ष निर्माण गरी उपलब्ध गराउने निर्णय भइसकेको बताइन् ।

उक्त कार्यक्रममा फोटोपत्रकार अशोक दुलाल र पत्रकार शरद ओझालाई पत्रकारितामा उत्कृष्ट योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : १० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन