अष्ट्रेलियाद्वारा युक्रेनलाई बख्तरबन्द गाडी सहयोग « Khabarhub

अष्ट्रेलियाद्वारा युक्रेनलाई बख्तरबन्द गाडी सहयोग


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अष्ट्रेलियाले सैनिक बख्तरबन्द गाडी प्रदान गरेको छ । गत साता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैनिक सहयोग गर्न आग्रह गरेको जवाफमा अष्ट्रेलियाले २० बख्तरबन्द गाडी सहयोग गर्न लागेको हो ।

३० मध्ये ३ बुशमास्टर गाडी युक्रेन जाने क्रममा रहेको बीबीसीले जनाएको छ । यी सैनिक सवारी साधनलाई युरोपको अज्ञात स्थलबाट युक्रेनतर्फ आपूर्ति गरिने जनाइएको छ ।

युद्धमैदानमा सैनिक एवम् गैरसैनिक सर्वसाधारणलाई यताउता लैजान उच्च सुरक्षा व्यवस्था भएको बुशमास्टर गाडीले सहयोग गर्ने बीबीसीले जनाएको छ ।

हालसम्म अष्ट्रेलियाले युक्रेनका लागि १९ करोड अष्ट्रेलियन डलर बराबरका सैनिक एवम् मानवीय सहायताको घोषणा गरेको छ भने धेरै रुसी नागरिकमाथि प्रतिबन्धको घोषणा गरेको छ । त्यस्तै, रुसी तेल आयातमा पनि अष्ट्रेलियाले कटौती गर्ने घोषणा गरेको छ ।

गत साता जेलेन्स्कीले अष्ट्रेलियाको संसद्लाई सम्बोधन गर्दै अष्ट्रेलियालाई सहयोगका लागि धन्यवाद दिएका थिए । जवाफमा अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले रुसी आक्रमणविरुद्ध अष्ट्रेलियन जनता युक्रेनको साथमा रहेको बताएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : १५ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा