‘नेपाली फिल्मलाई सिक्किममा छायांकन गर्दा कुनै समस्या हुँदैन’ « Khabarhub

‘नेपाली फिल्मलाई सिक्किममा छायांकन गर्दा कुनै समस्या हुँदैन’


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता सिक्किमले आफ्नो टुरिजमको प्रवर्द्धन फिल्म मार्फत गरिरहेको छ । त्यहाँ छायांकन हुने फिल्म सिक्किम फिल्म प्रमोसन बोर्डको नीति अन्तर्गत परेमा अनुदान समेत दिने गरेको छ ।

यो पोलिसीले विश्वभरका फिल्म मेकर्सलाई सिक्किम ल्याउने सोच स्थानीय सरकारको रहेको छ । ‘हामीले फिल्म मार्फत आफ्नो पर्यटनको प्रवर्द्धन मात्र गर्दै छैनौँ  । हाम्रो कलाकारलाई समेत प्रोत्साहन गर्दैछौँ’ सिक्किम फिल्म प्रमोसन बोर्डकी अध्यक्ष पूजा शर्माले बताइन्  ।

उनले ७५ प्रतिशत भन्दा बढी छायांकन र ५० प्रतिशत प्राविधिक तथा कलाकार सहभागी भएको प्रोजेक्टमा आफूहरुले बनाएको पोलिसी आकर्षित हुने बताइन्। ‘हामीले ५० प्रतिशतमा पनि केही कलाकार लिड रोलमा लिन भन्छौँ । यसले हाम्रो कलाकारको क्षमता मात्रसँग वर्किङ्ग कल्चर पनि सिकाउँछ’ पूजाले भनिन् । आफ्नो पर्यटकीय स्थानसँगै कलाकारलाई पनि विश्वका फिल्ममा पुर्याउने उद्देश्यका साथ आफुहरुले यो पोलिसी तयार गरेको समेत उनले बताइन्।

सिक्किमको गान्तोकमा भएको नेपाली फिल्म ‘ग्रहण’ को घोषणा कार्यक्रममा भेटिएकी अध्यक्ष शर्माले नेपाली फिल्म छायांकनमा आउनु आफूहरुका लागि खुशीको कुरा रहेको बताइन्। ‘हामी नेपाली बोल्छौँ । हाम्रो कलाकार पनि नेपाली नै हुनुहुन्छ । नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा हामी धेरै खुशी हुन्छौँ’ उनले भनिन् । उनले नेपाली फिल्मलाई छायांकन का लागि दिलाउनु पर्ने परमिट, लोकेशन सल्लाह लगायतका विविध पक्षमा आफू नै सहयोग गर्न तत्पर रहेको बताइन् ।

नेपाली फिल्म छायांकनमा आउँदा हाम्रो पोलिसीमा नपरेर आफ्नै किसिमले छायांकन गर्दा पनि म आफैँ अनुदान बाहेकका कुरामा सहयोग गर्नेछु’ अध्यक्ष शर्माले भनिन् । नेपाली फिल्मको सिक्किममा छायांकन गर्दा कुनै समस्या नपर्नेमा उनले जोड दिइन् । उनले सिक्किमको प्रवर्द्धनकै लागि आउँदो नोभेम्बर भित्रमा फिल्म फेस्टिभल समेत गर्न लागेको बताइन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : २१ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा