‘नेपाली फिल्मलाई सिक्किममा छायांकन गर्दा कुनै समस्या हुँदैन’ « Khabarhub

‘नेपाली फिल्मलाई सिक्किममा छायांकन गर्दा कुनै समस्या हुँदैन’


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता सिक्किमले आफ्नो टुरिजमको प्रवर्द्धन फिल्म मार्फत गरिरहेको छ । त्यहाँ छायांकन हुने फिल्म सिक्किम फिल्म प्रमोसन बोर्डको नीति अन्तर्गत परेमा अनुदान समेत दिने गरेको छ ।

यो पोलिसीले विश्वभरका फिल्म मेकर्सलाई सिक्किम ल्याउने सोच स्थानीय सरकारको रहेको छ । ‘हामीले फिल्म मार्फत आफ्नो पर्यटनको प्रवर्द्धन मात्र गर्दै छैनौँ  । हाम्रो कलाकारलाई समेत प्रोत्साहन गर्दैछौँ’ सिक्किम फिल्म प्रमोसन बोर्डकी अध्यक्ष पूजा शर्माले बताइन्  ।

उनले ७५ प्रतिशत भन्दा बढी छायांकन र ५० प्रतिशत प्राविधिक तथा कलाकार सहभागी भएको प्रोजेक्टमा आफूहरुले बनाएको पोलिसी आकर्षित हुने बताइन्। ‘हामीले ५० प्रतिशतमा पनि केही कलाकार लिड रोलमा लिन भन्छौँ । यसले हाम्रो कलाकारको क्षमता मात्रसँग वर्किङ्ग कल्चर पनि सिकाउँछ’ पूजाले भनिन् । आफ्नो पर्यटकीय स्थानसँगै कलाकारलाई पनि विश्वका फिल्ममा पुर्याउने उद्देश्यका साथ आफुहरुले यो पोलिसी तयार गरेको समेत उनले बताइन्।

सिक्किमको गान्तोकमा भएको नेपाली फिल्म ‘ग्रहण’ को घोषणा कार्यक्रममा भेटिएकी अध्यक्ष शर्माले नेपाली फिल्म छायांकनमा आउनु आफूहरुका लागि खुशीको कुरा रहेको बताइन्। ‘हामी नेपाली बोल्छौँ । हाम्रो कलाकार पनि नेपाली नै हुनुहुन्छ । नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा हामी धेरै खुशी हुन्छौँ’ उनले भनिन् । उनले नेपाली फिल्मलाई छायांकन का लागि दिलाउनु पर्ने परमिट, लोकेशन सल्लाह लगायतका विविध पक्षमा आफू नै सहयोग गर्न तत्पर रहेको बताइन् ।

नेपाली फिल्म छायांकनमा आउँदा हाम्रो पोलिसीमा नपरेर आफ्नै किसिमले छायांकन गर्दा पनि म आफैँ अनुदान बाहेकका कुरामा सहयोग गर्नेछु’ अध्यक्ष शर्माले भनिन् । नेपाली फिल्मको सिक्किममा छायांकन गर्दा कुनै समस्या नपर्नेमा उनले जोड दिइन् । उनले सिक्किमको प्रवर्द्धनकै लागि आउँदो नोभेम्बर भित्रमा फिल्म फेस्टिभल समेत गर्न लागेको बताइन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : २१ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त