साप्ताहिक सेयर बजार विश्लेषण : होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा « Khabarhub

साप्ताहिक सेयर बजार विश्लेषण : होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यो साता नेप्से बजार करिब ८१ अंकले ओरालो लागेको छ। साताको ६ कारोबारको दिनमध्ये पाँच दिन नेप्से परिसूचक घटेको थियो । साताको अन्तिम दिन बिहीबार भने ३५ अंकले बढेर सेयर बजार २४६४ बिन्दुमा आएर बन्द भएको छ । यो साता नेप्से आइतबार २५८५ उच्च बिन्दु र बुधबार २४१६ मा झरेको थियो ।

यो साता इन्डिकेटर आरएसआईमा डाइभर्सन देखिन खोजेको छ । लगातार घटेको बजार बिहीबार ३५ अंकले उकालो लाग्दा आरएसआइ २८ बाट ३५ अंकमा अएको छ भने इन्डिकेटर एमए सिडीले भने बिहीबारसम्म बाइ सिग्नल दिएको छैन।

साप्ताहिक बजार हेर्दा होटेल इन्डेक्स भने पहिलाको हप्ताको हाइ ३१४० मै बन्द भएको देखिन्छ। होटेल इन्डेक्स यो साता खासै घटेको देखिन्न । अन्य परिसूचक भने यो साता करिब ८३ अंकले घट्दा १९६९ बिन्दुमा आएर बन्द भएको छ ।

डेभलप्मेन्ट बैंक इन्डेक्स १४ अंकले, कमर्सियल बैंक इन्डेक्स २९ अंकले घटेको छ । हाइड्रो इन्डेक्स, माइक्रो फाइन्न्स इन्डेक्स भने ३३, ४९ र १०२ अंकले घटेको छ ।

यसरी लगातार बजार घट्नुको कारण बजारमा तरलताको कमी रहेको अर्थविद्हरूको भनाइ छ । नेपाल राष्ट्र बैंकले आयात गर्ने करिब ३०० वस्तुमा कडाइ गरेकाले बजारमा बिस्तारै तरलताको समस्या समाधान हुने अर्थविद्हरू बताउँछन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  २ : ५६ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको