मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्छ : राष्ट्रपति « Khabarhub

मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्छ : राष्ट्रपति


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताएकी छन्।

शुक्रबार काठमाडौँमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले पनि हजारौँ विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने गरेको भन्दै मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताएकी हुन् । नेपाललाई गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने गन्तव्य बनाउन गम्भीर हुनुपर्ने उनकी भनाइ छ । उनले गुणस्तरीय, सर्वसुलभ र अनुसन्धानमुखी उच्चशिक्षाका लागि योगदान गर्न विद्यालय सञ्चालकलाई आग्रह गरिन्।

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि आवश्यक काम सरकारले गरेको जानकारी दिए। शिक्षक सेवा आयोगलाई लोकसेवा जस्तै बलियो बनाउने र दरबन्दी बढाउने काम भइरहेको उनको भनाइ छ ।

 ‘शिक्षा विकासमा सार्थक साझेदारी : हिसानको योगदान र जिम्मेवारी’ मूल नारामा सुरु सम्मेलन शनिबारसम्म चल्ने छ । हाल सञ्चालनमा रहेका निजी लागानीबाट सञ्चालित मावि दुई तथा उच्च शिक्षालयको सङ्ख्या एक हजार ९७७ भन्दा बढी पुगिसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ४६ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक