न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउँछुः नवनिर्वाचित अध्यक्ष घिमिरे « Khabarhub

न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउँछुः नवनिर्वाचित अध्यक्ष घिमिरे


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार अध्यक्षमा विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भ्रष्टाचारमुक्त स्वच्छ न्यायालय बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले आफ्नो कार्यकाल बार र न्यायालय सुधारका लागि केन्द्रित हुने पनि बताए ।

वरिष्ठ अधिवक्ता घिमिरे सत्ता गठबन्धन दलहरूनिकट कानुन व्यवसायीको संयुक्त प्यानलबाट विजयी भएका हुन् ।
घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका छन् ।

घिमिरेले ४४७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत प्राप्त गरे ।
त्यस्तै, महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन् ।

उनका निकटतम् प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याए ।

बारको चैत १९ गते काठमाडौँसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । त्यसमध्ये सात हजार ४२९ मत खसेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ६ : ०५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट