श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन : अर्थमन्त्री « Khabarhub

श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन : अर्थमन्त्री


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट परेका छन्। नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए।

“अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ”, उनले भने, “कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलङ्का जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन ।”

नेपाल र श्रीलङ्काबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलङ्का जस्तो नहुने उनको भनाइ थियो । “हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायतालगाायत तथ्याङ्क हेर्‍यौं भने श्रीलङ्कासँग तुलना नै हुन सक्दैन । तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतङ्कित बनाउने काम गरिरहेका छन् त्यसको तपाईं हामी सबै मिलेर खण्डन गर्नुपर्छ”,उनले भने ।

श्रीलङ्कासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासायी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपिल गरे। “हाम्रा प्राथमिकता, लिनुपर्ने नीति, आवश्यकतालगायत विषयमा बहस गरेर दबाबमा रहेको हाम्रो अर्थतन्त्रलाई माथि उठाउनका लागि बहस गरौँ”, उनले भने ।

क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायत कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले पाँच महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उनले बताए । यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैधरूपमा पैसा बाहिरिन थालेको उनको भनाइ थियो । “प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन । यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ”, उनले भने।

अर्थतन्त्र यतिबेला दबाबमा रहेको उल्लेख गर्दै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताए।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ६ : ५९ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय