एसियन पेन्ट्स नेपालद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताको घोषणा  « Khabarhub

एसियन पेन्ट्स नेपालद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताको घोषणा 


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसियन पेन्ट्स नेपालले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताहरू घोषणा गरेको छ। एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपकोे २०२१/२२ संस्करणले  नेपालका आशालाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवर्द्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाइएको बताएको छ ।

नेपालका नवोदित आर्किटेक्टहरूलाई आफ्नो ज्ञान प्रयोग गर्न र केही प्रतिष्ठित लाइभ परियोजनाहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्न एउटा मञ्च प्रदान गर्दै आएको छ । 

उक्त प्रतियोगिताको ७ औँ संस्करणमा विभिन्न आर्किटेक्चरल कलेजहरू एक्मे इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौँ इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३१ जना विद्यार्थीको सहभागिता जनाएका थिए । 

२०२१–२२ को आयोजना गोरखा, पालुङटार नगरपालिकामा रहेको प्रख्यात लिलिगकोट संग्राहलयको डिजाइन गर्ने रहेको थियो र ३० भन्दा बढी सहभागीहरूबाट गत बुधबार शीर्ष ५ विजेताको घोषणा गरेको थियो ।  

प्रतियोगिताको विजेता आई ओर्ईपुल्चोक क्याम्पसकी रोजिता अवाले भएकी छिन् । उनले एसियन पेन्ट्सबाट ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।

फर्स्ट रनर अप एक्मे इन्जिनियरिङ कलेजका प्रशान्त देशार भएका छन्। त्यस्तै उनले एसियन पेन्ट्सबाट नगद ४० हजार रुपैयाँ प्राप्त  गरेका छन् । सेकेन्ड रनर अप काठमाडौँ इन्जिनियरिङ कलेजका अनिल कुँवरले एसियन पेन्ट्सबाट नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी दुई सान्त्वना पुरस्कार विजेताहरू आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौँ इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठले एसियन पेन्ट्सबाट जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

विजेताहरूलाई निर्णयाकहरूको प्यानलद्वारा छनोट गरिएको थियो । 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : १४ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक