पर्यटन क्षेत्रको लाभ उठाउन जनशक्तिको विकासमा ध्यान दिनुपर्छ: राजदूत भोल्क « Khabarhub

पर्यटन क्षेत्रको लाभ उठाउन जनशक्तिको विकासमा ध्यान दिनुपर्छ: राजदूत भोल्क


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले कोभिड–१९ का कारण थला परेको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको बताएकी छन् ।

उनले नेपाली पर्यटन क्षेत्रको सम्भाव्यताको अधिकतम् लाभ उठाउन दक्ष जनशक्तिको विकासमा ध्यान दिनुपर्ने पनि बताइन् ।

काठमाडौँस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) को  भ्रातृ संस्था गेट भोकेसनलद्वारा अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान नर्थ कोस्ट इन्स्टिच्युटअन्तर्गतको टेफको सम्बन्धनमा सञ्चालन हुँदै आएको ‘कर्मसियल कुकरी थ्री’ कोर्ष पूरा गरेका पाँचौ ब्याजको दीक्षान्त समारोहमा उनले सो कुरा बताएकी हुन् ।

“नेपालमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त टेफ कर्मसियल कुकरी थ्रीको अध्ययन पूरा गर्न पाउनु खुुसीको विषय हो । यो कोर्षको अध्ययन पूरा गरेका दक्ष सेफहरूमध्ये केहीले अष्ट्रलियामा र बाँकी नेपालमै एक्जुकेटिभ सेफको रूपमा र कतिपय स्वरोजगार भई व्यवसाय सञ्चालनमा सहभागी रहेका छन् ” राजदूत भोल्कले भनिन् ।

नेपालमा २५ वटा नयाँ पाँच तारे होटलहरू आउने क्रममा रहेको सन्दर्भ उल्लेख गर्दै राजदूत भोल्कले विश्वभरिका धेरै मानिसका लागि नेपाल स्वप्न गन्तव्यका रूपमा रहेकाले यहाँ आउन चाहने गरेकोले यसबाट लाभ लिनसक्नु पर्नेमा जोड दिइन् ।

बीबीसी मास्टरसेफ प्रोफेसनल ‘रिम्याच’– २०२१ का विजेता सेफ सन्तोष साहले हरेक व्यक्तिको सकारात्मकपन, सही गन्तव्य लक्ष्यले उसलाई सफल बनाउने बताए ।

“यदि तपाईंमा स्याउको गुण छ भने तपाईं सुन्तला बन्न खोजेर हुँदैन, सुन्तला र स्याउ दुवैमा आ–आफ्नो विशेषता छन् । आफूले आफूभित्रको प्रतिभा पहिचान गर्नसक्नु पर्छ,” साहले भने ।

यस्तै, बीबीसी मास्टर सेफ प्रोफेसनल–२०२० का विजेता एलेक्स वेबले मास्टर सेफका विजेता र सह–विजेताहरूका रूपमा नेपाल भ्रमण गर्न पाउँदा खुसी व्यक्त गरे ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत/संस्थापक खेम लकाईंका अनुसार गेट कलेजले सन् २०१५ बाट अष्ट्र्लियाको टेफ एनएसडब्लूको सम्बन्धनमा सञ्चालन हुँदै आएको कर्मसियल कुकरी थ्री कोषबाट हालसम्म ८६ विद्यार्थी दीक्षित भइसकेका छन् ।

कोर्षका लागि नेपालभित्रै टेफ एनएसडब्लू मान्यताप्राप्त प्रशिक्षकहरू उत्पादन गर्न सकिएको, तीमध्ये केही प्रशिक्षकहरूले अन्य शैक्षिक प्रतिष्ठानमार्फत् आफ्नो सीप र ज्ञान विस्तार गरिरहेको उल्लेख गर्दै लकाईंले गेट कलेज ‘कमर्सियल कुकुरी थ्री’ कोर्षका लागि टेपले तोकेकै स्तरका पूर्वाधारहरू उपलब्ध रहेको जानकारी दिए ।

कार्यक्रममा खेम्स क्लिनिङका प्रमुख कार्यकारी खेम शर्मा र कर्पोरेट एक्जुकेटिभ सेफ डायमन्ड गुरुङले अनुभव बाँडेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : ३१ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै