स्वास्थ्य अनुसन्धान परिषद्को आठौँ राष्ट्रिय सम्मेलन आइतबारबाट हुने « Khabarhub

स्वास्थ्य अनुसन्धान परिषद्को आठौँ राष्ट्रिय सम्मेलन आइतबारबाट हुने


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आठौँ स्वास्थ्य तथा जनसंख्या सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनको आयोजक स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबार पत्रकारसम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो ।

चैत २७ देखि २९ गतेसम्म चल्ने सम्मेलनमा ४० वटा अनुसन्धानमूलक कार्यको मौखिक प्रस्तुति हुने परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्वदेशी तथा विदेशी वैज्ञानिकहरूको सहभागिता रहने सम्मेलनको यस वर्षको नारा ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन, नेपालमा दृढ स्वास्थ्य प्रणालीको पाठ’ रहेको छ।

सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गर्ने परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार सम्मेलनमा ८७ वटा पोष्टर प्रस्तुति, ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञको आमन्त्रित प्रस्तुतिकरण पनि रहनेछ।

परिषद्ले गरेका काम कारबाहीबारे जानकारी दिन, प्रतिक्रिया प्राप्त गर्न र सुधार गर्न तथा जनस्वास्थ्यका विषयमा छलफल गर्न यो सम्मेलन प्रत्येक वर्ष आयोजना हुने गरेको डा. ज्ञवाली जनाए ।

स्वास्थ्य अनुसन्धान कार्यको नियगन गर्न, अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई स्वास्थ्य योजना, नीति तथा कार्यक्रम बनाउन सम्मेलनबाट आउने निष्कर्षको योगदान रहने परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले बताए ।

सम्मेलनलाई पारदर्शी बनाउन परिषद्ले साइन्टीफिक कमिटी, स्टेरिङ कमिटी, आयोजक समिति र एवार्ड छनोट उपसमिति गठन गरेको छ ।

सम्मेलनको पहिलो दिनमा संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९ अन्तर्गत दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरूको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्त्वको अवस्था, अवसर र चुनौती तथा कोभिड महामारीका सिकाइ, सहकार्यको साथै अन्य विषयमा आमन्त्रित विज्ञहरूको गहन छलफल र प्रस्तुतिकरण हुनेछ।

त्यस्तै, दोस्रो दिन दुई वटा समानान्तर सत्रहरूमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडिमियोलोजी र क्लिनिकल अनुसन्धानलगायतका विषयहरूमा प्रस्तुतिकरण र छलफल हुनेछ।

तेस्रो दिन भने पहिलो सत्रमा विश्वव्यापी स्वास्थ्य र कार्यान्वयन अनुसन्धानबारेमा छलफल र समानान्तर सत्रहरू रहने छन् ।

जसमा अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ शिशु, नवजात शिशु, बाल स्वास्थ्य र अन्तर विषय अनुसन्धानकाबारे बृहत छलफल हुनेछ।

कार्यक्रमको समापनमा उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न एवार्डहरूद्वारा सम्मानित गरिनेछ ।

जसमा एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड, हेल्थ रिसर्च एवार्ड, मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक), मृगेन्द्र–सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ), हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड, एनएचआरसी वेष्ट पर्फमर एवार्ड, बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल) र वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) अवार्ड रहेका छन् ।

त्यस्तै, पबमयुडमा इन्डेक्स भएको बायोमेडिकल जर्नलमा विगत ५ वर्षदेखि सबैभन्दा बढी आर्टिकल प्रकाशित गर्ने एक नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : ५२ बजे

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा