आईपीएल : राजस्थान र लखनउको जित « Khabarhub

आईपीएल : राजस्थान र लखनउको जित


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स विजयी भएका छन्।

शनिबार भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सकलाई ६ विकेटले हराउँदै राजस्थानले जित हात पारेको हो। मुम्बईको वान्खेडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो। १ सय ९० रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानले २ बल बाँकी छँदै ४ विकेट गुमाएर जित हात पारेको हो।

शनिबार नै भएको अर्को खेलमा लखनउले कोलकोत्ता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै जित हात पारेको छ। टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको लखनउले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो।

१ सय ७७ रनको लक्ष्यसहित मैदान उत्रेको कोलकोत्ता १४ दशमलव ३ बल खेल्दै १ सय १ रनमै अलआउट भयो। जितसँगै लखनउ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ। कोलकोत्ता आठौं स्थानमा रहेको छ।

आईपीएल अन्तर्गत आइतबार दुई खेल हुनेछन्। आजको पहिलो खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गरोल तथा दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : ०२ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले