मतदान अधिकृतर र सहायक मतदान अधिकृतलाई तालिम « Khabarhub

मतदान अधिकृतर र सहायक मतदान अधिकृतलाई तालिम


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – आसन्न स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ ।

जिल्लाका १६७ मतदानस्थल गरी ४०४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो ।

जिल्लामा १६७ मतदानस्थलको ४०४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई दुई दिनसम्म तालिम दिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए ।

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारक्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरी कूल तीन लाख ३९ हजार ८३६ मतदाता छन् । मतदान र सहायक मतदान अधिकृतको नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : १५ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य