गुलमोहरले सजिएको वीरेन्द्रनगर (फोटो फिचर) « Khabarhub

गुलमोहरले सजिएको वीरेन्द्रनगर (फोटो फिचर)


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – मनै लोभ्याउने गरी ढकमक्क फुलेका फूल ! छेउछाउमा फूलेका गुलमोहरका कारण कर्णालीको राजधानी वीरेन्द्रनगरका सडक यतिखेर रङ्गीचङ्गी देखिएको छ। सडकमा सेल्फी खिच्नेहरु पनि बढेका छन् । सडकका दुई किनारामा लामबद्ध रोपिएका यी फूलले वीरेन्द्रनगरका सडकको सोभा नै बढाएको छ ।

कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले मोहित बनाएको छ । वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ ।

हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ । फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ । गुलमोहरले कर्णाली प्रदेशको राजधानीको शोभा बढाएको छ ।

गुलमोहरलाई नजिकै गएर निहाल्ने बित्तिकै मनमा नयाँ उल्लास र ऊर्जा पलाउने वीरेन्द्रनगर ६ का ललित बस्नेत बताउँछन् । गुलमोहर फुलेका बेला निकै आकर्षक देखिने भएकाले यसका बिरुवा वीरेन्द्रनगरका अन्य पर्यटकीय स्थलमा पनि लगाइनुपर्ने वीरेन्द्रनगरपालिकाका ३ का रमेश पुलामीको भनाइ छ ।

वीरेन्द्रनगरलाई ग्रिन सिटीका रुपमा विकास गर्ने योजनाअनुसार नयाँ सडकमा छेउछाउमा पनि वृक्ष रोपण गरिरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ३३ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली