चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज पोखरा जाँदै | Khabarhub Khabarhub

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज पोखरा जाँदै


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज पोखरा जाँदै छन् । त्यहाँ उनले पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बिहान १० बजे प्रचण्ड पोखरा जाने बताए । हिजो प्रचण्डले मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।

त्यहाँ उनले मधेसी जनताले डेढ दशकदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने पनि बताएका थिए ।

संविधान संशोधन गरेर मधेसी जनताका जायज मागहरूलाई सम्बोधन गर्ने तर स्थानीय तह निर्वाचनमा मत भने पाँच दलीय गठबन्धनका उम्मेदवारलाई दिएर विजयी गराउन प्रचण्डले आह्वान गरेका थिए ।

प्रचण्ड गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन भन्दै देशका ठाउँठाउँमा गठबन्धन दलहरूले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ४९ बजे

त्रिशूलीमा बेपत्ता बसका थप दुई यात्रुको शव भेटियो, १४ को सनाखत

चितवन- गत शुक्रबार बिहान भरतपुर महानगरपालिका-२९ सिमलताल पहिरोमा परेर त्रिशूलीमा

यशको ‘हिरो’ गीतमा आत्महत्या दुरुत्साहनको विषय

काठमाडौं– गायक यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन्

ओलीका सल्लाहकारमा पुरानै अनुहार- रिमाल र बज्राचार्य दोहोरिँदा खतिवडालाई नयाँ भूमिका

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई आफ्नो किचेन क्याबिनेटमा

आजका समाचार : आफ्नै पत्रले उपसभामुखलाई तनाव, धरानमा हर्कका समर्थक थुनिए र मधेश सरकारमा कांग्रेस र लोसपा

१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना उपसभामुख

‘मोदीबेनी’को ट्रेलर : वृद्धाको भूमिकाबाट रेजिनाको कमब्याक, वर्षाको रोचक ‘रोल’

काठमाडौं– साउन १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक