हुम्लामा पाँच महिला मतदान अधिकृत « Khabarhub

हुम्लामा पाँच महिला मतदान अधिकृत


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका-७ को टुलिङ मतदान केन्द्र, सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट-६ को कालाशिल्ता मावि मतदान केन्द्र, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सविता शाही सिमकोट गाउँपालिका-३ को रलिङ मावि मतदान केन्द्र, स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहरा नाम्खा गाउँपालिकाको मोतीराम प्रावि मतदान केन्द्र, नापी कार्यालयकी सुधा सापकोटा सिमकोट गाउँपालिका-५ को भीमसेन मावि मतदान केन्द्रको जिम्मेवारी पाएका छन् ।

मतदानका लागि २१ प्रतिशत महिला परिचालन गरिएको र महिला मतदान अधिकृतको रूपमा खटिएका मतदान केन्द्रमध्ये चार वटा केन्द्रका लागि कार्यालय सहयोगीबाहेक अन्य सबै महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए ।

सिमकोट-५ मा रहेको भीमसेन मावि मतदान केन्द्रमा कर्मचारी, प्रहरी र म्यादी प्रहरी पनि महिला नै खटाइएको बताए । निर्वाचनका लागि जिल्लामा २ सय ५४ जना कर्मचारी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ५४ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम