‘दुई पाङ्ग्रे लाइसेन्स हटायो भने साइकल संस्कृतिको विकास हुन्छ’ « Khabarhub

‘दुई पाङ्ग्रे लाइसेन्स हटायो भने साइकल संस्कृतिको विकास हुन्छ’



मलाई यहाँको कला संस्कृति सभ्यतासँग धेरै लगाव छ । यो लगाव भएसँगै ‘सम हाउ वी क्यान कनेक्टेड साइक्लिस विथ हेरिटेज’ कन्सेप्टमा हाम्रो भिजन छ ।

भिडियोमा हेर्नुहोस्:

जति पनि रिङ रोड बाहिर फराकिला बाटाहरू छन् । तर मानिसले साँघुरो देख्छ । विकास भन्दै भटाभट डोजरहरु ल्याएर घरहरु भत्काएर बाटो ठूलो बनाउने प्रयास गर्दछ । ९० प्रतिशत नेवारी घरहरु मात्र नभई धेरै पुराना साँस्कृतिक सम्पदाहरु जुन नेपाल भनेर चिनाउने रहेका छन् । यसरी पुराना घरहरु भत्काउँदा हाम्रो मौलिकता, कला, संस्कृति र रीतिरिवाजमा नराम्रो असर परेको छ । त्यसकारण मौलिकतापूर्ण विकास हुनुपर्छ ।

मौलिकतासहितको विकासका लागि साइकललाई विकास गरेर साइकल यात्रीहरूलाई प्रोमोट गर्न सक्यो भने नेपालको संस्कृतिको पनि विकास हुन्छ । र, गर्नु पनि पर्दछ । किनकि यो हाम्रो दायित्व पनि हो । जति राम्रो सडक व्यवस्थापन हुन्छ, त्यो कसको लागि हो त बाटो हिड्नेको लागि हो कि फुटपाथको लागि हो । कामदारहरूको मागलाई हेर्दा उहाँहरूको माग र प्रतिबद्धता जायज छ । किनभने चुनावको बेलामा उम्मेद्वारहरुले ‘म यस्तो गर्छु, त्यस्तो गर्छु’ भनेर विभिन्न प्रलोभन देखाएर पछि केही नगरेको पनि पाइन्छ ।

त्यसकारण कसैको प्रलोभनमा नपर्नुहोला । म स्वतन्त्र उम्मेदवारको हिसाबले मेरो पनि प्रतिबद्धता जायज छ । अहिलेको हाम्रो युवा पीढी भनेको कसैले बोलेको कुरामा विश्वास नगरी काम गर्नेको मात्र विश्वास गर्नुपर्छ । यहाँ धेरै शिक्षित मानिसहरु हुनुहुन्छ । त्यसैले सबैजना बसेर एउटा योजना, संगठन र गु्रप बनाएर अगाडि बढ्न सक्छौँ । म त तयार छु । के तपाईंहरू मलाई साथ दिनुहुन्छ त ? केही गर्न हामीले जित्नै पर्दछ । हारे पनि गर्न सक्छौँ नि । यो त हाम्रो जिम्मेवारी हो नि । हारेपछि केही गर्नु हुँदैन भन्ने परिपाटिलाई अन्त्य गर्नुपर्छ ।

जति पनि नेपाली छौँ सबैले राष्ट्रियतालाई माया गर्नु पर्दछ । भनाइमा मात्र कला संस्कृतिलाई संरक्षण गछौँ भनेर हुँदैन । त्यसलाई व्यवहारमा पनि उतार्नुपर्छ । १ दशमलव १३ प्रतिशत चाहिँ साइकल यात्री छन् । बिजनेसका लागि जानेहरू यसलाई हामीले करको लागि पनि दुई पाङ्ग्रे लाइसेन्सलाई हटाएर साइक्लिस्ट राख्यो भने पनि साइकलको विकास हुन्छ । यसको साथ साथै हामीले वातावरणको पनि संरक्षण गरेका छौँ ।

१३० लिटर पर्ने पेट्रोलको भाउ १६० रुपैयाँ पुगेको छ । धारामा पानी आएको जस्तो त पेट्रोल आउँदैन त्यसकारण हामी यसको समाधानमा अगाडि बढ्नु पर्दछ । तपाईंहरू तयार हुनुहुन्छ भने अहिले नै टिम बनाएर काममा अगाडि बढाऔं। ट्राफिक व्यवस्थापनमा विज्ञ पनि हुनुहन्छ । यात्रु पनि विज्ञ हुनुहुन्छ । त्यसकारण यो चुनावको एजेण्डा मात्र नहोस् । म त जिते पनि तयार छु । हारे पनि तयार छु । तपाईंहरू सहमत हुनुहुन्छ भने विकासमा अगाडि बढौँ ।

(खबरहबद्धारा आयोजित ‘काठमाडौँ उपत्यकालाई साइकलमैत्री सहर बनाउने कार्यक्रम’ मा विद्या श्रेष्ठले राखेको धारणाको सम्पादित अंशः प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ४७ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा