९ महिनामा भित्रियो साढे ३ अर्बको राउटर « Khabarhub

९ महिनामा भित्रियो साढे ३ अर्बको राउटर


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो नौ महिनामा विभिन्न देशबाट नेपालमा करिव साढे तीन अर्बको राउटर भित्रिएको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती राउटर नेपाल भित्रिएको हो । उक्त अवधिमा कूल ३ अर्ब ४५ करोड ८० लाख ७२ हजार रुपैयाँको १० लाख ३२ हजार २७४ थान राउटर नेपाल भित्रिएको विभागले जनाएको छ । 

अष्ट्रेलिया, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, जापान, दक्षिण कोरिया, लाट्भीया, लिथुवानिया, मलेसिया, कतार, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट् (युएई), बेलायत, अमेरिका र भियतनामबाट राउटरहरु नेपाल आउने गरेको छ । 

नेपालमा सबैभन्दा ठूलो मात्रामा राउटर चीनबाट आउने गरेको विभागको तथ्याङ्कले देखाउँछ । पछिल्लो नौ महिनामा चीनबाट मात्र ३ अर्ब ३२ करोड २० लाख ९८ हजार रुपैयाँको १० लाख २ हजार ७०५ थान राउटर नेपाल आएको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालले २ अर्ब १५ करोड ८२ लाख ३९ हजार रुपैयाँको ८ लाख ५ हजार २८० थान राउटर आयात गरेको थियो । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ३२ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम