नेपाल भारत सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता « Khabarhub

नेपाल भारत सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अपनाएको छ  । निर्वाचनका बेला  सीमा क्षेत्रमा हुनसक्ने  आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार  मातहातका सबै  सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा  निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले जानकारी दिए। यता बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका बेलामा सीमा क्षेत्रमा निगरानी थालेको छ ।

सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल  १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए। पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी  गण मातहत  सुरक्षा बेस,  सीमा सुरक्षा पोष्ट ( बिओपी) र  सीमा निगरानी पोष्ट (एफओवी)  निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशील रहेका छन्   ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ०८ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी