नेपाल भारत सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता | Khabarhub Khabarhub

नेपाल भारत सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अपनाएको छ  । निर्वाचनका बेला  सीमा क्षेत्रमा हुनसक्ने  आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार  मातहातका सबै  सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा  निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले जानकारी दिए। यता बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका बेलामा सीमा क्षेत्रमा निगरानी थालेको छ ।

सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल  १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जानकारी दिए। पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी  गण मातहत  सुरक्षा बेस,  सीमा सुरक्षा पोष्ट ( बिओपी) र  सीमा निगरानी पोष्ट (एफओवी)  निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशील रहेका छन्   ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ०८ बजे

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले नै जिम्मेवार निकायले

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको