साउदी राजा सलमान अस्पताल भर्ना « Khabarhub

साउदी राजा सलमान अस्पताल भर्ना


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबका राजा सलमान अस्पताल भर्ना भएका छन् । साउदी राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको  सरकारी सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको छ ।

साउदी सरकारले सामान्यतया ८६ वर्षीय वृद्ध राजाको स्वास्थ्यको बारेमा सूचनाहरू रोक्ने गरेको छ ।

यद्यपि राजदरबारलाई उद्धृत गर्दै साउदी अरबको साउदी प्रेस एजेन्सीले राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको जनाएको छ । राजा सलमानले सन् २०१५ यता साउदी अरबको शासन गरिरहेका छन् ।

उनी शनिबार तटीय शहर जेद्दास्थित किङ फैसल स्पेशलिस्ट अस्पतालमा केही स्वास्थ्य परीक्षण गर्न गएका थिए । यद्यपि उनको स्वास्थ्यमा कस्तो समस्या आएको हो भन्नेबारे केही खुलाइएको छैन । सन् २०२० मा राजा सलमानको पित्तथैलीको शल्यक्रिया भएको थियो ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता र अरब संसारको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको साउदी अरबमा उनको शासनकालमा उनको मुलुकले छिमेकी यमनमा युद्धमा प्रवेश गर्ने लगायत थप दृढ परराष्ट्र नीति अपनाउँदै  महत्वाकाङ्क्षी आर्थिक सुधारहरू शुरु गरेको  र महिलाहरूलाई थप अधिकार दिइएको बताइन्छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : १५ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै