साउदी राजा सलमान अस्पताल भर्ना « Khabarhub

साउदी राजा सलमान अस्पताल भर्ना


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउदी अरबका राजा सलमान अस्पताल भर्ना भएका छन् । साउदी राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको  सरकारी सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको छ ।

साउदी सरकारले सामान्यतया ८६ वर्षीय वृद्ध राजाको स्वास्थ्यको बारेमा सूचनाहरू रोक्ने गरेको छ ।

यद्यपि राजदरबारलाई उद्धृत गर्दै साउदी अरबको साउदी प्रेस एजेन्सीले राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको जनाएको छ । राजा सलमानले सन् २०१५ यता साउदी अरबको शासन गरिरहेका छन् ।

उनी शनिबार तटीय शहर जेद्दास्थित किङ फैसल स्पेशलिस्ट अस्पतालमा केही स्वास्थ्य परीक्षण गर्न गएका थिए । यद्यपि उनको स्वास्थ्यमा कस्तो समस्या आएको हो भन्नेबारे केही खुलाइएको छैन । सन् २०२० मा राजा सलमानको पित्तथैलीको शल्यक्रिया भएको थियो ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता र अरब संसारको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको साउदी अरबमा उनको शासनकालमा उनको मुलुकले छिमेकी यमनमा युद्धमा प्रवेश गर्ने लगायत थप दृढ परराष्ट्र नीति अपनाउँदै  महत्वाकाङ्क्षी आर्थिक सुधारहरू शुरु गरेको  र महिलाहरूलाई थप अधिकार दिइएको बताइन्छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : १५ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले