सफलताको खोजीमा प्रियंका | Khabarhub Khabarhub

सफलताको खोजीमा प्रियंका


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री प्रियंका कार्की कुनै समय निर्माता र निर्देशकको रोजाइमा पर्ने नायिकाहरूमा अगाडि आउने नाम थिइन् । 

उनले गर्ने अभिनयसँगै फिल्ममा लिँदा सहज हुने भएकाले निर्माता तथा निर्देशकले कास्ट गर्थे । उनले फिल्मलाई दिने समय र प्रचारप्रसारमा दिने समयले मिडियामा समेत चर्चा पाउथ्यो । मिडिया ‘फ्रेन्डली’ भएकै कारण उनका प्राय गतिविधिले समाचारमा स्थान पाउने गर्थे । यद्यपि उनी पति आयुष्मान डिएस जोशीसँग नजिक भए यता विस्तारै त्यो क्रम घट्दै गयो । 

उनलाई फिल्ममा लिएर गुनगान गाउने निर्माता र निर्देशकले उनले दिने गरेको दुखको बारेमा बोल्न थाले । विवाह पश्चात फिल्मसँग केही टाढिएकी प्रियंकाले केही समय अगाडि फिल्मको प्रचारमा समय नदिएको भन्दै आलोचना खेपिन । निर्देशक सूर्य बोहोराले प्रियंका सहित अर्की अभिनेत्री दीपिका प्रसाईँले दुख दिएको अभिव्यक्ति मिडियामै दिए । 

तर, प्रियंकाले त्यसलाई सच्याइन् । उनले पछिल्लो रिलिज ‘लक्का जवान’ को गतिविधिमा समय दिइन् । प्रियंका मिडिया अन्तरवार्तादेखि फिल्म रिलिज भएपछि हलमा समेत पुगिन् । यद्यपि फिल्मले दर्शकलाई रिझाउन नसक्दा उनको मेहनतको ‘फल’ देखिने छाँटकाँट छैन । नेपाली फिल्म क्षेत्रमा केही वर्ष एक छत्र राज गरेकी प्रियंकाले दर्शकबाट त्यही माया पाउन सकेकी छैनन् । 

यसबीच उनले आफ्नै कुकरी शो, वेब सिरिज पनि नबनाएकी होइनन् । यद्यपि तिनले पनि उनलाई चर्चामा ल्याउन सकेको छैन । केही समय अगाडि उनले फिल्म मेकिङमा आउने योजना पनि नबनाएकी होइनन् । यद्यपि त्यसले समेत मूर्तरूप पाउन सकेको छैन । प्रियंकाले फिल्म मेकिङ अन्तर्गत निर्माण तथा निर्देशनको विकल्प पनि नदेखेकी होइनन् । यद्यपि उनले त्यो आट पनि गर्न सकेकी छैनन् । आफ्नो फिल्मले केही वर्ष अगाडिसम्म गर्ने न्यनतम कलेक्सन समेत पछिल्ला फिल्मले नगरेपछि सायद उनलाई निर्णय लिन गाह्रो भएको हुनसक्छ । 

‘वडा नम्बर ६’ मार्फत वृहत रुपमा दर्शकसमक्ष पुगेकी प्रियंकालाई हाँस्यकलाकारहरुकै समूहले निर्माण गरेको फिल्म ‘लक्का जवान’ ले नत चर्चा दिलायो नत सफलता नै।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : १६ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय