सफलताको खोजीमा प्रियंका « Khabarhub

सफलताको खोजीमा प्रियंका


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री प्रियंका कार्की कुनै समय निर्माता र निर्देशकको रोजाइमा पर्ने नायिकाहरूमा अगाडि आउने नाम थिइन् । 

उनले गर्ने अभिनयसँगै फिल्ममा लिँदा सहज हुने भएकाले निर्माता तथा निर्देशकले कास्ट गर्थे । उनले फिल्मलाई दिने समय र प्रचारप्रसारमा दिने समयले मिडियामा समेत चर्चा पाउथ्यो । मिडिया ‘फ्रेन्डली’ भएकै कारण उनका प्राय गतिविधिले समाचारमा स्थान पाउने गर्थे । यद्यपि उनी पति आयुष्मान डिएस जोशीसँग नजिक भए यता विस्तारै त्यो क्रम घट्दै गयो । 

उनलाई फिल्ममा लिएर गुनगान गाउने निर्माता र निर्देशकले उनले दिने गरेको दुखको बारेमा बोल्न थाले । विवाह पश्चात फिल्मसँग केही टाढिएकी प्रियंकाले केही समय अगाडि फिल्मको प्रचारमा समय नदिएको भन्दै आलोचना खेपिन । निर्देशक सूर्य बोहोराले प्रियंका सहित अर्की अभिनेत्री दीपिका प्रसाईँले दुख दिएको अभिव्यक्ति मिडियामै दिए । 

तर, प्रियंकाले त्यसलाई सच्याइन् । उनले पछिल्लो रिलिज ‘लक्का जवान’ को गतिविधिमा समय दिइन् । प्रियंका मिडिया अन्तरवार्तादेखि फिल्म रिलिज भएपछि हलमा समेत पुगिन् । यद्यपि फिल्मले दर्शकलाई रिझाउन नसक्दा उनको मेहनतको ‘फल’ देखिने छाँटकाँट छैन । नेपाली फिल्म क्षेत्रमा केही वर्ष एक छत्र राज गरेकी प्रियंकाले दर्शकबाट त्यही माया पाउन सकेकी छैनन् । 

यसबीच उनले आफ्नै कुकरी शो, वेब सिरिज पनि नबनाएकी होइनन् । यद्यपि तिनले पनि उनलाई चर्चामा ल्याउन सकेको छैन । केही समय अगाडि उनले फिल्म मेकिङमा आउने योजना पनि नबनाएकी होइनन् । यद्यपि त्यसले समेत मूर्तरूप पाउन सकेको छैन । प्रियंकाले फिल्म मेकिङ अन्तर्गत निर्माण तथा निर्देशनको विकल्प पनि नदेखेकी होइनन् । यद्यपि उनले त्यो आट पनि गर्न सकेकी छैनन् । आफ्नो फिल्मले केही वर्ष अगाडिसम्म गर्ने न्यनतम कलेक्सन समेत पछिल्ला फिल्मले नगरेपछि सायद उनलाई निर्णय लिन गाह्रो भएको हुनसक्छ । 

‘वडा नम्बर ६’ मार्फत वृहत रुपमा दर्शकसमक्ष पुगेकी प्रियंकालाई हाँस्यकलाकारहरुकै समूहले निर्माण गरेको फिल्म ‘लक्का जवान’ ले नत चर्चा दिलायो नत सफलता नै।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : १६ बजे

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी– पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा