आइटम डान्सको बारेमा बोलिन् समन्था « Khabarhub

आइटम डान्सको बारेमा बोलिन् समन्था


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुनसँग नृत्य गरेकै कारण चर्चामा आइन सामन्था रुथ प्रभु ।

 प्राय सोझी युवतीको  भूमिकामा देखिरहेकी सामन्थाले फिल्मको आइटम नम्बर ‘ओ अन्वा’ मा आफूलाई ग्ल्यामर अवतारमा प्रस्तुत गरेकी थिइन् । सामन्थाको मन मोहक स्टाइल र उनको डान्स मुभले सबैलाई नाचौँ नाचौँ बनायो । यो फिल्मको एक मात्र गीत थियो जसमा सामन्था देखिएकी थिइन् तर उनको पारिश्रमिक पूरै फिल्मको पारिश्रमिक बराबर छ भन्ने चर्चा पनि भयो ।

यस किसिमको ग्ल्यामर भूमिका नगरेकी समन्थाले एक म्यागजिनसँग कुराकानी गर्दै आफू एक्ट्रेस भएकाले परिवर्तनको लागि तयार भएकी बताएकी छिन् । ‘म एक्ट्रेस भएकोले मैले गर्ने काम क्यारेक्टर अनुसार हो । त्यहाँ मैले डान्स गरेकी वा साडी लगाएकी हुँदिनँ’ उनले भनिन् ।उनले पुष्पाको गीत पश्चात आफूमा आत्मविश्वास बढेको समेत बताएकी छिन् । 

‘म ग्ल्यामर गीत वा हार्ड एक्सनका लागि तयार भएकी छु । अब मैले गर्ने भूमिकाका लागि आत्मविश्वास बढेको छ । पुष्पाको गीत अगाडि मैले यसका विषयमा सोचेकी समेत थिइन्’ उनले भनिन् । पुष्पाको आइटम गीतका लागि पहिला उनले नकारेकी थिइन् ।

यद्यपि हिरो अल्लु अर्जुन स्वयम्ले कुराकानी गरेपछि तयार भएकी थिइन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना