देउवा र प्रचण्डको प्रेम धेरै दिन चल्नेवाला छैन : एमाले नेता पाण्डे  « Khabarhub

देउवा र प्रचण्डको प्रेम धेरै दिन चल्नेवाला छैन : एमाले नेता पाण्डे 


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको प्रेम केही दिनमै टुट्ने बताएका छन् । 

चितवनको भरतपुरमा एमालेले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले उनीहरूको प्रेम नक्कली भएको दाबी गरे । 

‘शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो र कमजोर प्रेम छ भन्ने कुरा जान्न धेरै पर जानुपर्दैन,’ पाण्डेले भने, ‘यो नक्कली र चाउरे पिरती धेरै दिन चल्नेवाला छैन, केही दिनमै टुट्ने छ ।’ 

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले केही दिन कांग्रेसका उम्मेदवारले हारेको स्थानमा बजेट नदिने भनी दिएको अभिव्यक्ति प्रति उनले आपत्ति समेत जनाए ।

‘प्रधानमन्त्री पत्नीले हामीले हारेको ठाउँमा बजेट दिँदैनौं भन्नु भएछ । क्याबात । आज पनि राणा शासन गएनछ भन्ने उहाँलाई लागेछ । यो राणा शासन होइन, लोकतान्त्रिक युग हो,’ एमाले नेता पाण्डेले भने ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ३७ बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी