बक्सिङमा अविरल घिमिरेले बनाए विश्व रेकर्ड | Khabarhub Khabarhub

बक्सिङमा अविरल घिमिरेले बनाए विश्व रेकर्ड


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका हिमचितुवाका नामले परिचित बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका  छन् ।

लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई चर्चित बक्सर घिमिरेले विश्व रेकर्ड बनाउन सफल भएका हुन् ।

जापानको नायोगा सहरमा शनिबार साँझ भएको प्रतियोगितामा उनले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढालेका थिए । उनीहरू दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

सिमुरा डोजोको ५० औँ वार्षिकोत्सका अवसरमा आयोजित प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको कुल १६ मिनेटको खेलमा साकलेकलाई १२ मिनेटमा ढालेको हिमचितुवाका प्रशिक्षक देव घिमिरेले जानकारी दिए ।

बक्सर देवसहित जापानी बक्सर सिमुरा तामियो र चाउ लोगेट हिमचितुवाका मुख्य प्रशिक्षक छन् ।

प्रशिक्षक देवका अनुसार हिमचितुवाले सिमरा डोजोबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दै आएका छन् । यस अगाडि गत फागुनमा टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी उनले बक्सिङ खेलमा नयाँ रेकर्डसमेत कायम गरेका थिए ।

सो तौल समूहको प्रतिस्पर्धामा लगातार तीन पटक विजयी हुने उनी दक्षिण एशियाकै पहिलो खेलाडीसमेत बनेका थिए । विश्वप्रख्यात यो प्रतिस्पर्धामा उनको विजयको अविच्छिन्न यात्रा जारी छ । गत वर्षको ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरलले चुमेका थिए ।

विश्वका युवापुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने अविरल पहिलो नेपाली बक्सर बनेका हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ४६ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय