महेश बाबुसँग थ्रिलर फिल्म गर्दै राजमौली  « Khabarhub

महेश बाबुसँग थ्रिलर फिल्म गर्दै राजमौली 


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ ले बक्स अफिसमा त कमाई गर्‍यो नै समीक्षा पनि राम्रो पायो ।

‘आरआरआर’ को सफलता पश्चात निर्देशक राजमौलीले के गर्छन त ? यो जिज्ञासा सबैलाई छ ।  बाहुबली, बाहुबली २ र आरआरआरमा पिरियड ड्रामाको कथा देखाएका निर्देशक राजमौलीले अब ट्रयाक चेञ्ज गर्ने योजना बनाएका छन् । बलिउड हंगामाको रिपोर्ट अनुसार निर्देशक राजमौलीले अबको प्रोजेक्ट महेश बाबुसँग गर्दैछन् ।

महेश बाबुले एक्लै हिरो हुने फिल्ममा मात्र अभिनय गर्ने भएकाले बाहुबली सिरिज र आरआरआरमा निर्देशक राजमौलीसँग सहकार्य हुन सकेको थिएन । यसपटक राजमौलीले पनि पिरियड ड्रामालाई छाडेर एडभेन्चर थ्रिलर जनरको फिल्म गर्ने भएका छन् । अहिलेकै कथामा आधारित हुने फिल्ममा महेश बाबुको अभिनय रहने भएता पनि बजेट र प्रोजेक्ट बारे थप खुलाइएको छैन । फिल्मको स्क्रिप्टमा निर्देशक राजमौलीसहित उनको टिमले काम गरिरहेको छ ।

कथालाई पटकथाको स्वरूप दिने काममा निर्देशक राजमौलीसँगै उनका पिता विजयेन्द्र प्रसाद लागिरहेका छन् । फिल्मको स्क्रिप्ट ‘लक्ड’ भएमा आउँदो जुलाईबाट छायांकनमा लाने तयारी समेत टिमको छ । पछिल्लो समय ‘आरआरआर’ रिलिजले गर्दा प्रि- प्रोडक्सनको काम केही समय रोकिएको थियो । यद्यपि अब यसले पूर्ण रुपमा सुचारु हुने मौका पाएको छ । 

फिल्ममा बलिउडका हिरोइनहरु समेत रहने छैनन् । ‘फिल्मलाई तामिल र तेलुगु दर्शकलाई लक्षित गरेर तयार गरिनेछ । किनकी यो इन्डिया भर चलाउने उद्देश्यले तयार गरिदै छैन । फिल्ममा अभिनेत्री भूमिका पनि त्यति महत्वपूर्ण छैन’ फिल्मसँग जोडिएका एक सदस्यलाई उदृत गर्दै बलिउड हंगामाले लेखेको छ ।

फिल्म आउँदो वर्ष नै दर्शकले हेर्न पाउने समेत जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ४७ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं