सी डिभिजन लिगमा मनोहरा र महावीरको बराबरी « Khabarhub

सी डिभिजन लिगमा मनोहरा र महावीरको बराबरी


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहिद स्मारक सी डिभिजन लिगमा महावीर क्लब र मनोहरा युनाइटेड क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा महावीर र मनोहरा बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । महावीरका लागि सञ्जिव धिमालले १ गोल गरे भने मनोहराका लागि अजय कुमार चौधरीले १ गोल फर्काए । 

खेलको ३८ औँ मिनेटमा सञ्जिवको गोलले महावीरले खेलमा अग्रता लिएको थियो । तर ७९ औँ मिनेटमा मनोहराका लागि अजयले १ गोल फर्काएसँगै खेल १–१ को बराबरीमा पुग्यो ।

महावीरका प्रताप चौधरी म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा आरसी ३२ फुटबल एकेडेमी र पुल्चोक स्पोर्ट्स क्लब दिउँसो ४ बजे भिड्नेछन् ।

आरसी ३२ छैटौँ जितको खोजीमा छ भने पुलचोक दोस्रो जित निकाल्न चाहन्छ । आरसी ३२ १५ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने पुलचोक ३ अंकसहित १२ औँ स्थानमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ०५ बजे

पूर्वप्रधानमन्त्री ओली र नेता लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत