सी डिभिजन लिगमा मनोहरा र महावीरको बराबरी « Khabarhub

सी डिभिजन लिगमा मनोहरा र महावीरको बराबरी


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहिद स्मारक सी डिभिजन लिगमा महावीर क्लब र मनोहरा युनाइटेड क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा महावीर र मनोहरा बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । महावीरका लागि सञ्जिव धिमालले १ गोल गरे भने मनोहराका लागि अजय कुमार चौधरीले १ गोल फर्काए । 

खेलको ३८ औँ मिनेटमा सञ्जिवको गोलले महावीरले खेलमा अग्रता लिएको थियो । तर ७९ औँ मिनेटमा मनोहराका लागि अजयले १ गोल फर्काएसँगै खेल १–१ को बराबरीमा पुग्यो ।

महावीरका प्रताप चौधरी म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा आरसी ३२ फुटबल एकेडेमी र पुल्चोक स्पोर्ट्स क्लब दिउँसो ४ बजे भिड्नेछन् ।

आरसी ३२ छैटौँ जितको खोजीमा छ भने पुलचोक दोस्रो जित निकाल्न चाहन्छ । आरसी ३२ १५ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने पुलचोक ३ अंकसहित १२ औँ स्थानमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ०५ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम