भोट माग्ने पाँच पत्रकार संगठनसँग २४ घन्टे स्पष्टीकरण सोधियो « Khabarhub

भोट माग्ने पाँच पत्रकार संगठनसँग २४ घन्टे स्पष्टीकरण सोधियो


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले पाँचदलीय गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्ने पाँच पत्रकार संगठनलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

२४ घन्टाभित्र आयोगमा स्पष्टीकरण दिनुका साथै यसअघि सार्वजनिक गरेको विज्ञप्ति हटाउनसमेत आयोगले निर्देशन दिएको छ ।

‘कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेसागत संघ/संगठनमा आवद्ध भई सोमार्फत निर्वाचन आचारसंहिताविपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लंघन हुँदैन भन्ने दलिल पेस गर्न मिल्छ, मिल्दैन ? पत्र प्राप्त भएको समयले २४ घन्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुनेगरी लिखित जवाफसहितको स्पष्टीकरण पेस गर्न निर्देशन छ,’ आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेलले हस्ताक्षर गरेर स्थानीय तह निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए । ‘स्थानीय तह निर्वाचन, २०७९ का सन्दर्भमा मतदाताहरूलाई हार्दिक अपिल’ विषयको विज्ञप्ति सार्वजनिक गर्दै उनीहरूले गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड (ख) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रशारण गर्न नहुने व्यवस्था छ ।

त्यसैगरी ऐ. आचारसंहिताको ऐ. दफाको खण्ड (घ) मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।

आचारसंहिताविपरीत विज्ञप्ति जारी गरिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । शनिबार सार्वजनिक गरिएको विज्ञप्तिप्रति चौतर्फी आलोचना भइरहेको छ । तर, यस विषयमा उनीहरूले भने अहिलेसम्म केही स्पष्टीकरण दिएका छैनन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ४५ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई