रसुवामा तीन पत्रकार चुनावी मैदानमा « Khabarhub

रसुवामा तीन पत्रकार चुनावी मैदानमा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा-  स्थानीय तहको निर्वाचनका लागि रसुवामा तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ रसुवाका सचिवसहित तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका हुन् ।

महासंघका जिल्ला सचिव दावा तामाङ, कार्यसमिति सदस्य सानुकान्छा लोप्चन र पत्रकार महासंघका पूर्वअध्यक्ष तथा महासंघका सदस्य सोमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

माओवादी केन्द्रबाट कालिका गाउँपालिकाको अध्यक्षका लागि सोमबहादुर तामाङ, कालिका गाउँपालिका-१ को वडाध्यक्षको लागि दावा तामाङ र नौकुण्ड गाउँपालिका-६ को वडाध्यक्षका लागि सानुकान्छा लोप्चनले टिकट पाएका हुन् । तीनैजना माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्दै छन् ।

रसुवामा पाँचवटा पालिका छन् । जसमा २७ वटा वडा छन् । यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । निर्वाचनमा चार सय ६७ जना प्रतिस्पर्धामा छन् । जिल्लामा १४५ पदका लागि निर्वाचन हुनेछ । जसमा पाँचजना निर्विरोध भइसकेका छन् । तीन पदमा उम्मेदवारी नै परेको छैन । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । 

जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ४५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका