देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस् : अध्यक्ष लिङ्देन « Khabarhub

देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस् : अध्यक्ष लिङ्देन


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन् ।

राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले, माओवादी, नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई देश समृद्ध बनाउने चाहना भएमा हलोमा मतदान गर्न आग्रह गरेका हुन् ।

देश सुधार्नको लागि सबै सुध्रिन जरुरी भएको र अब सबै दलहरू सुध्रन जरुरी भएको उनले बताए । ‘यो निर्वाचनलाई देशलाई दुर्घटनामा जान रोक्ने अवसरको रूपमा प्रयोग गर्नुपर्छ,’ उनले भने ‘यो चुनावमा उनीहरूको बाकस खाली गरिदिनुस् ।’

सबै मिलेर अन्य दलको बाकस नै खाली गरिसकेपछि सबै दलका नेताहरू सुध्रिने उनको भनाइ छ । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना