इन्स्टाको लोकप्रियताले बढ्लान दर्शक ? « Khabarhub

इन्स्टाको लोकप्रियताले बढ्लान दर्शक ?


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडेल अदिति बुढाथोकी सामाजिक सञ्जालमा सक्रिय छिन् । 

मुम्बई बसेर मोडलिङमा संघर्ष गरिरहेकी अदितिले आफ्नो गतिविधिलाई सामाजिक सञ्जालमा अपडेट गर्ने गरेकी छिन् । यिनै अदितिले हालै इन्स्टाग्राममा २० लाख फलोअर्स प्राप्त गरेकी छिन् । सम्भवत नेपाली एक्ट्रेसको यतिको फ्लोअर्स सामाजिक सञ्जालमा छैनन् । 

यसले उनलाई सामाजिक सञ्जालमा फ्लो गर्नेको संख्या देखाएको छ । सामाजिक सञ्जालकै कारण उनले नेपाली फिल्म ‘कृ’ मार्फत एक्ट्रेसको रुपमा डेब्यु गर्ने मौका पनि पाएकी थिइन् । यद्यपि डेब्यु फिल्ममै उनले सफलता पाउन सकिनन् । सामाजिक सञ्जालमा देखिएको क्रेज हलमा नदेखिंदा निर्माताले लगानी सुरक्षित गर्न सकेनन् । फलतः दोस्रो फिल्मका लागि उनको पर्खाइ निकै भयो । 

केही सामान्य ब्यानरका फिल्महरू अफर भएपनि उनले खोजेको ब्यानरले फिल्ममा अफर गरेनन् । त्यसकारण लामो समय पश्चात उनकै होम प्रोडक्सन मार्फत निर्माण गरिएको फिल्म ‘बाबरी’ मा उनले काम गरेकी छिन् । उनले खोजे जस्तो फिल्म नपाएपछि आफ्नै लगानी गरेको फिल्म आउँदो भाद्रको अन्तिम साता रिलिज हुँदैछ । 

यो फिल्म स्फाल बनाउन उनका इन्स्टामा रहेका नेपाली फ्यानहरू हलसम्म  आउँछन् या आउदैनन् ? यो भने आउँदा दिनले नै बताउने छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ५२ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन