खेलाडी–प्रशिक्षक विवाद छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन | Khabarhub Khabarhub

खेलाडी–प्रशिक्षक विवाद छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकबीच भएको विवादको छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति गठन गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

गत १३ वैशाखमा खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण बन्द प्रशिक्षण छाडेका थिए । १६ गते पत्रकार सम्मेलन गर्दै बन्द प्रशिक्षण छाडेका खेलाडीले स्पष्टीकरण दिएका थिए ।

१८ वैशाखमा प्रशिक्षक अल्मुताइरीले एन्फालाई पत्र काट्दै खेलाडीले बन्द प्रशिक्षण आफूलाई थाहा नदि छाडेको र आगामी प्रशिक्षणमा सामेल नगराउने बताएका थिए । उनले पत्र काट्दै खेलाडीलाई कारबाही नगर्न एन्फासमक्ष आग्रहसमेत गरेका थिए ।

१९ वैशाखमा १० खेलाडीले हस्ताक्षर गर्दै व्यवस्थापक र प्रशिक्षकको कारण बन्द प्रशिक्षण छाड्नु परेको र सत्यतथ्य छानविन गर्न एन्फासमक्ष आग्रह गरेका थिए ।

यता, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले पत्र काट्दै कार्यसमिति बैठक बोलाएपछि आइतबार बैठक बसेको थियो ।

बैठकले पूर्व खेलाडी तथा आर्मीका अवकाश प्राप्त उपरथि भिक्टोर राणालाई छानबिन समितिको संयोजक बनाएको हो । यस्तै पूर्व राष्ट्रिय खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई छानबिन समितिको जिम्मा दिएको हो ।

समितिले सात दिनभित्र सत्यतथ्य पत्ता लगाई एन्फामा प्रतिवेदन बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : १३ बजे

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

अमेरिका– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल

बेमौसमी लिगलिगे दौडले घटाएको शेखरको कद

नेपाली कांग्रेस नेपाली राजनीति भित्र समाजवादी मूल्य मान्यताको पक्षधर दल

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको भीड

काठमाडौं- आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

काठमाडौं– साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

कञ्चनपुर– सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध