खेलाडी–प्रशिक्षक विवाद छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन « Khabarhub

खेलाडी–प्रशिक्षक विवाद छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकबीच भएको विवादको छानबिन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति गठन गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

गत १३ वैशाखमा खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण बन्द प्रशिक्षण छाडेका थिए । १६ गते पत्रकार सम्मेलन गर्दै बन्द प्रशिक्षण छाडेका खेलाडीले स्पष्टीकरण दिएका थिए ।

१८ वैशाखमा प्रशिक्षक अल्मुताइरीले एन्फालाई पत्र काट्दै खेलाडीले बन्द प्रशिक्षण आफूलाई थाहा नदि छाडेको र आगामी प्रशिक्षणमा सामेल नगराउने बताएका थिए । उनले पत्र काट्दै खेलाडीलाई कारबाही नगर्न एन्फासमक्ष आग्रहसमेत गरेका थिए ।

१९ वैशाखमा १० खेलाडीले हस्ताक्षर गर्दै व्यवस्थापक र प्रशिक्षकको कारण बन्द प्रशिक्षण छाड्नु परेको र सत्यतथ्य छानविन गर्न एन्फासमक्ष आग्रह गरेका थिए ।

यता, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले पत्र काट्दै कार्यसमिति बैठक बोलाएपछि आइतबार बैठक बसेको थियो ।

बैठकले पूर्व खेलाडी तथा आर्मीका अवकाश प्राप्त उपरथि भिक्टोर राणालाई छानबिन समितिको संयोजक बनाएको हो । यस्तै पूर्व राष्ट्रिय खेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई छानबिन समितिको जिम्मा दिएको हो ।

समितिले सात दिनभित्र सत्यतथ्य पत्ता लगाई एन्फामा प्रतिवेदन बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : १३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका