पुष्पा, आरआरआर र केजीएफ निर्देशकले कति लिन्छन् पारिश्रमिक ? « Khabarhub

पुष्पा, आरआरआर र केजीएफ निर्देशकले कति लिन्छन् पारिश्रमिक ?


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय नेपाली बजारमा साउथ इन्डियन फिल्मको दबदबा बढेको छ । 

हिन्दी भाषामा डबिङ भएका फिल्महरू युट्युबको ट्रेन्डिङमा आउनुले प्रस्ट्याएको क्रेजलाई पुष्पाले प्रमाणित गर्‍यो। फिल्म हेर्न दर्शक हलसम्म हुल बाँधेर आए । झन्डै पाँच हप्ता प्रदर्शन भएको फिल्मले नेपाली बजारमा १० करोडको हाराहारीमा कलेक्सन गरेको चर्चा छ । 

यद्यपि यस विषयमा वितरकले बोल्न चाहेका छैनन् । यो मात्र होइन , त्यसपछि आएको फिल्म ‘आरआरआर’ ले पनि त्यहीँ हाराहारीमा कलेक्सन गरेको थियो । फिल्मले १५ करोडको हाराहारीमा कलेक्सन गरेको चर्चा छ । त्यसपछि आएको ‘केजीएफ : च्याप्टर २’ को कलेक्सन त्यो भन्दा बढी भएको बताइएको छ । एकपछि अर्को भित्रिएको फिल्मले दर्शकको मन जित्न सफल भएकै कारण नेपालमा साउथ इन्डियन फिल्मको मार्केट बढ्दो छ । नेपाली फिल्मलाई बलिउडका केही सीमित ब्यानरको फिल्मसँग मात्र डर थियो । यद्यपि पछिल्लो समय साउथका फिल्मले पनि दबाब बढाएका छन् । 

प्रदर्शनरत फिल्म ‘केजिएफ २’ ले बक्स अफिसमा नयाँ रेकर्डहरू बनाइरहेको छ। नेपाली बजारमा समेत दर्शक बटुल्न सफल फिल्महरूका निर्देशकले पारिश्रमिक कति लिन्छन् ? यसको विषयमा चर्चा गर्दैछौँ । 

एसएस राजामौली 

बाहुबली सिरिज मार्फत विश्वभरका फिल्म प्रेमी दर्शक माझ चिनिएको नाम हो ,एसएस राजमौली । ‘बाहुबली’ प्रदर्शन पश्चात उनको फिल्म खोजियो । केही फिल्म हिन्दीमा डबिङ भएर युट्युबमा समेत आए । बाहुबली सिरिज पश्चात उनले निर्देशक गरेको फिल्म ‘आरआरआर’ लाई लिएर दर्शक प्रतीक्षित थिए । देखिरहेकै कथामा उनले बुनेको स्क्रिनप्लेले पुनः दर्शकलाई उनको फ्यान बनाएको छ । यिनै निर्देशक राजमौलीले एक फिल्म निर्देशन गरेबापत एक सय करोड  भारतीय रुपैयाँ पारिश्रमिक लिन्छन्। उनको पारिश्रमिक बाहुबली पश्चात बढेको हो । 

सुकुमार

एक्सन थ्रीलर फिल्ममा बलिया मानिने निर्देशक हुन् , सुकुमार । उनले निर्देशन गरेका फिल्महरू हिन्दी भाषामा अत्यधिक रुचाइएका छन् । यिनै सुकुमारले अल्लु अर्जुन अभिनीत पछिल्लो फिल्म ‘पुष्पा’ निर्देशन गरेका थिए । उनी अब सिक्वेलको तयारीमा जुटिसकेका छन् । यिनले एक फिल्म निर्देशन गरे वापत २५ करोड भारतीय रुपैयाँ लिने गरेका छन् । यद्यपि ‘पुष्पा २’ पश्चात यिनको पारिश्रमिक बढ्ने अनुमान गरिएको छ । 

प्रशान्त नील

कन्नडा फिल्मलाई विश्वभर चिनाउने श्रेय जान्छ निर्देशक प्रशान्त नीललाई । उनले ‘केजीएफ’ मार्फत उद्योगलाई नै विश्वभर परिचित गराए । फलतः च्याप्टर १ मा बनेको क्रेजले च्याप्टर २ लाई काम गर्‍यो। फिल्मले विश्वभरबाट एक हजार करोड बढीको कलेक्सन गरिसकेको छ । यद्यपि फिल्म प्रदर्शनरत छ । फिल्मका हिरो यशले पनि सार्वजनिक कार्यक्रममा प्रशान्तको कामको चर्चा गरेका थिए । ती निर्देशक प्रशान्तले एक फिल्म निर्देशन गरे वापत २५ करोड भारतीय रुपैयाँ लिने गरेका छन् ।

यद्यपि ‘केजीएफ स् च्याप्टर २’ को सफलता पश्चात उनले पारिश्रमिक ५० करोड भारतीय रुपैयाँ पुर्‍याएको चर्चा छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : २८ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन